राष्ट्रिय चलचित्र अवार्डको विजेता सार्वजनिक : उत्कृष्ट फिल्म ‘साम्बाला’, नायक विजय बराल « Khabarhub

राष्ट्रिय चलचित्र अवार्डको विजेता सार्वजनिक : उत्कृष्ट फिल्म ‘साम्बाला’, नायक विजय बराल


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल राष्ट्रिय चलचित्र अवार्ड २०८१ को उत्कृष्ट अभिनेता बनेका छन् । चलचित्र विकास बोर्डले बर्सेनि आयोजना गर्दै आएको यस अवार्ड उनले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट हात पारेका हुन् ।

बोर्डको आयोजना र राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा महाराजगञ्जस्थित राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा उक्त अवार्डको विभिन्न विधाका विजेताहरुको सूची सार्वजनिक गरिएको हो ।

यस वर्षको उत्कृष्ट फिल्म मिम भाम निर्देशित ‘साम्बाला’ बनेको छ । निर्देशक भामले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

त्यस्तै, उत्कृष्ट अभिनेतृको अवार्ड भने फिल्म ‘खुस्मा’बाट नायिका उपासनासिंह ठकुरीले जितेकी छन् । दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा ५’बाट उत्कृष्ट लेखकको अवार्ड जितेका छन् ।

पुरुषोत्तम प्रधानले फिल्म ‘पिताम्बर’बाट उत्कृष्ट छायाकारको अवार्ड जितेका छन् । फिल्म ‘पुजार सार्की’बाट भरत रेग्मीले उत्कृष्ट सम्पादको अवार्ड जितेका छन् ।

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र भने ‘गालय वन’ घोषित भएको छ । यो नेपाल भाषामा बनेको फिल्म हो ।

त्यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कार नायक प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट जितेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०९ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज