राष्ट्रिय चलचित्र अवार्डको विजेता सार्वजनिक : उत्कृष्ट फिल्म ‘साम्बाला’, नायक विजय बराल « Khabarhub

राष्ट्रिय चलचित्र अवार्डको विजेता सार्वजनिक : उत्कृष्ट फिल्म ‘साम्बाला’, नायक विजय बराल


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल राष्ट्रिय चलचित्र अवार्ड २०८१ को उत्कृष्ट अभिनेता बनेका छन् । चलचित्र विकास बोर्डले बर्सेनि आयोजना गर्दै आएको यस अवार्ड उनले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट हात पारेका हुन् ।

बोर्डको आयोजना र राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा महाराजगञ्जस्थित राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा उक्त अवार्डको विभिन्न विधाका विजेताहरुको सूची सार्वजनिक गरिएको हो ।

यस वर्षको उत्कृष्ट फिल्म मिम भाम निर्देशित ‘साम्बाला’ बनेको छ । निर्देशक भामले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

त्यस्तै, उत्कृष्ट अभिनेतृको अवार्ड भने फिल्म ‘खुस्मा’बाट नायिका उपासनासिंह ठकुरीले जितेकी छन् । दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा ५’बाट उत्कृष्ट लेखकको अवार्ड जितेका छन् ।

पुरुषोत्तम प्रधानले फिल्म ‘पिताम्बर’बाट उत्कृष्ट छायाकारको अवार्ड जितेका छन् । फिल्म ‘पुजार सार्की’बाट भरत रेग्मीले उत्कृष्ट सम्पादको अवार्ड जितेका छन् ।

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र भने ‘गालय वन’ घोषित भएको छ । यो नेपाल भाषामा बनेको फिल्म हो ।

त्यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कार नायक प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट जितेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०९ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।