भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते « Khabarhub

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेनसी – दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ ।

आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति दुर्घटना भएको हो ।

“करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेको लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको एक प्रहरी अधिकारीले बताएका छन् । 

प्रहरीले लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको जनाएको छ ।  

दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल पुर्‍याएको जनाएका छन् । 

प्रहरीले ओभरलोडिङ्का कारण दुर्घटना भएको जनाएको छ भने दुर्घटनाबाट बाँचेका चालकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन् । 
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०७ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु