८७ वर्षीय लीलाबहादुरको कृति हङकङमा लोकार्पण « Khabarhub

८७ वर्षीय लीलाबहादुरको कृति हङकङमा लोकार्पण


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुमको मेयङ्लुङस्थित सिंहबाहिनी विद्यालयका ८७ वर्षीय पूर्व प्रधानाध्यापक लीलाबहादुर तुम्बाहाङ्फेको ऐतिहासिक पुस्तक ‘याक्थुङ साप्मुन्धुमु’ हङकङमा लोकार्पण गरिएको छ ।

हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक रानाको विशेष संयोजन र तुम्बाहाङ्फे सयङ हङकङको आयोजनामा भएको सो कार्यक्रम हङकङ–मकाउ सारका नेपाली महावाणिज्यदूत बिन्देश्वरप्रसाद लेखकको प्रमुख आतिथ्यमा भएको थियो ।

जोर्डनमा रहेको ब्लु ओसन रेस्टुरेन्टको सभाकक्षमा भएको कार्यक्रममा याउ चिं मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाली महासङ्घकी अध्यक्ष रिता गुरुङ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक जुनु राना, कृति सिल्ड्रेन सेन्टरकी निर्देशक पुष्पा गुरुङ (गुरुआमा) मुन्धुम अध्ययन प्रतिष्ठानका प्रमुख तथा अग्रज साहित्यकार भूपेन्द्र चेम्जोङ, तेक्वान्दोमा नवौँ डान (डिग्री) उत्तीर्ण पहिलो नेपाली तुल्सीकुमार गुरुङ ,आयोजक संस्था सयङका सल्लाहकार शमशेर तुम्बाहाङ्फेलगायतका व्यक्तित्वहरू विशेष अतिथि रहेका थिए । 

सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति बीच सम्पन्न लोकार्पण समारोहमा नेपाली जनसम्पर्क समिति हङकङका पदाधिकारी, लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका निर्देशक माया (चन्द्रका) थुलुङ राई, नेपाल चेम्बर अफ कमर्स हङकङका सल्लाहकार तथा व्यवसायी दासुराम पराजुली सुपरिचित लेखक कमल पौडेल र चर्चित उपन्यास ‘प्याउली’ सर्जक बालिका बान्तवा अतिथि रहेका थिए ।

त्रिचन्द्र कलेज काठमाण्डौबाट इतिहास विषयमा स्नातक गरी ३५ वर्ष शिक्षण सेवामा बिताएका इतिहासविद् तुम्बाहाङ्फेले  २०६३ सालमा ऐतिहासिक ग्रन्थ सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली र फेदाप लिम्बुवान ग्रन्थ लेखन र प्रकाशन गरेका छन् । 

लेखक लीलाबहादुरकी हङकङबासी छोरी भावना तुम्बाहाङ्फेले सो पुस्तक प्रकाशनमा ल्याएकी हुन् ।  

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ०५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो