मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड « Khabarhub

मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरीह सरकार अर्को हुनै नसक्ने बताएका छन् ।  

सोमबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केही गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरीह सरकार अर्को हुनै नसक्ने बताएका हुन् ।

अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरूको रक्षा गरेको उनको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको जिकिर गरे । 

त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ वर्षमा शान्ति प्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिए ।  

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहज रूपमा टुङ्गाउनुपर्ने आफूहरू प्रस्ट रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक