अमेरिकाले पहिलो पटक एफ ३५ लडाकु विमान फिलिपिन्स पुर्‍यायो « Khabarhub

अमेरिकाले पहिलो पटक एफ ३५ लडाकु विमान फिलिपिन्स पुर्‍यायो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले फिलिपिन्समा पहिलो पटक एफ ३५ अत्याधुनिक लडाकु विमान परिचालन गरेको छ । चीनको बढ्दो प्रभावसँगै दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकाले फिलिपिन्समा एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।

हालै अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिंटन फिलिपिन्सको राजधानी मनिलास्थित बन्दरगाह पुगेको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार यससँगै अमेरिकाले पहिलो पटक फिलिपिन्समा पाचौँ पुस्ताको अत्याधुनिक एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।

ती लडाकु विमानले फिलिपिन्सको वायुसेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने कार्यक्रम छ । जुलाई ७ देखि १८ सम्म सञ्चालन हुने उक्त अभ्यासलाई ‘कोप थन्डर २५–२’ नाम दिइएको छ ।

अमेरिका र फिलिपिन्सबीच लामो समयदेखि रक्षा सन्धि कायम छ । यसअनुसार फिलिपिन्सको सार्वभौमिकताको रक्षा गर्न अमेरिकाले सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ३० बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई