विकास भएको छैन भन्नु भ्रम हो : महामन्त्री शर्मा « Khabarhub

विकास भएको छैन भन्नु भ्रम हो : महामन्त्री शर्मा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका  काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाएका छन्। 

यहाँस्थित बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताए ।

‘गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा रु १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्’, उनले भने , ‘नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने ?’ 

उनले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गरे। उनले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताए। 

महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गरे । उनले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गरे । 

आज बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिए । 

भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने बताएका छन् । दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण शुभारम्भ गरेका थिए। कनकाईमा १५७ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका थिए । 

यसैगरी, असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने आयोग झापाका अध्यक्ष अधिकारीले बताए। यसअघि गठित आयोगले दुई हजार ५०० भन्दा बढी धनीपुर्जा वितरण गरेको तथ्याङ्क आयोगमा रहेको उनको भनाइ छ । उनका अनुसार कतिपय व्यक्तिहरूले जग्गाको राजस्व तिर्न नसकेका कारण तयार भइसकेका धनीपुर्जा समेत वितरणमा ढिलाइ भइरहेको छ ।

झापामा विसं २०७७ यता आयोगमार्फत ५५ हजार भूमिहीन दलित, अव्यवस्थित बसोवासी र सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिसकेको उहाँले जानकारी दिए ।
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ०६ बजे

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो

तेहरान– इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि,

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा