कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा « Khabarhub

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् ।

प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको जानकारी दिइएको हो ।

कोशी प्रदेशलाई यही असार ३२ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलियाले जानकारी दिए ।

उनले वडा, स्थानीय तह र जिल्ला घोषणा भइसकेकाले चालु आर्थिक वर्षभित्रमै प्रदेशलाई पनि पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिने बताए । उनले नियमित खोप कार्यक्रममा केही बालबालिका छुट्ने गरेको पाइएकाले आगामी वर्षहरुमा शून्यमा झार्न निर्देशन दिए ।

प्रदेश खोप समन्वय समितिबाट प्रमाणित गरिएको कागजात राष्ट्रिय खोप समन्वय समितिमा अनुमोदनका लागि पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : १३ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ