छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध « Khabarhub

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै जिल्लाका नौवटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

“परम्परागत रूपमा चलिरहेको कुप्रथा अझै कायमै छ । त्यसैका कारण शनिबार एक महिलाले ज्यान गुमाउनुप¥यो । त्यसैले यो कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । सोहीअनुसार सबै पालिकालाई अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ”, उनले भने ।

कृष्णपुर नगरपालिकाले पनि १५ दिनभित्र छाउगोठ भत्काउन सबैलाई आग्रह गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए रु १० हजार जरिवाना गरिने बताए । “सबै वडा कार्यालयलाई छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौँ”, उनले भने, “अटेर गर्नेलाई रु १० हजार जरिवाना गर्ने निर्णय गरेका छाँै ।”

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले वडाले दुई वर्षअघिदेखि छाउगोठ भत्काउने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए। “गाली खाएर, झगडा गरेर पनि हामीले धेरै छाउगोठ भत्कायौँ, तर बनाइहाले”, उनले भने, “देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिनावारी भएको बेला छाउगोठ बस्ने गरिएको छ ।”

वडाध्यक्ष बस्नेतका अनुसार उक्त वडामा मात्रै अझै दुई सयभन्दा बढी छाउगोठ छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ३९ बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि