बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन « Khabarhub

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्।

बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ।

सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सदस्यका रूपमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन्।

ओझामाथि फर्जी कागजात प्रयोग गरी बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिएको आरोप लागिरहेको छ। सो विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ३४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको