भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता « Khabarhub

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ । लर्ड्समा सम्पन्न तेस्रो टेस्ट खेलमा भारतलाई २२ रनले पराजित गर्दै पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ।

रोमाञ्चक उतारचढावबीच सम्पन्न खेलमा इंग्ल्यान्डले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भारतको जितको आशालाई ध्वस्त बनाएको हो। इंग्ल्यान्डले भारतलाई अन्तिम इनिङ्समा २२१ रनको लक्ष्य दिएको थियो, तर भारतीय टिम १९८ रनमै समेटियो।

इंग्ल्यान्डका बलरहरूले निर्णायक क्षणहरूमा विकेट लिँदै खेलको पासा पल्टाए। विशेषगरी दोस्रो इनिङ्समा इंग्ल्यान्डका पेसरहरूले भरपर्दो प्रदर्शन गर्दै भारतका मुख्य ब्याट्सम्यानहरूलाई सहज रन बनाउन दिएनन्।

यस जितसँगै इंग्ल्यान्डले पाँच टेस्टको सिरिजमा २–१ को अग्रता बनाएको छ। अब बाँकी रहेका दुई खेलमा भारतलाई सिरिज बचाउनका लागि दुबै खेल जित्नैपर्ने दबाब छ । इंग्ल्यान्डलाई सिरिज कब्जा गर्न अब एक जित मात्रै आवश्यक छ।

सिरिजको चौथो टेस्ट खेल आगामी हप्ता म्यानचेस्टरमा सुरु हुने तालिका छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : ४१ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी