पुटिनसँगको वार्ता अघि युरोपेली नेतासँग छलफल गर्दै ट्रम्प « Khabarhub

पुटिनसँगको वार्ता अघि युरोपेली नेतासँग छलफल गर्दै ट्रम्प

जमिनको निर्णय अधिकार युक्रेनी राष्ट्रपतिलाई


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता गर्नुअघि युरोपेली नेतासँग कुरा गरेका छन्। ट्रम्पको यो कूटनीतिक छलफलले युक्रेनको सुरक्षाका विषयमा धेरै आशा पलाएको छ।

ट्रम्पले पुटिनसँगको भेटको लक्ष्य युक्रेनमा युद्ध अन्त्य भएको कुरा युरोपेली नेतालाई बताएका हुन्। उनले भूभाग सम्बन्धी निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहमतिमा मात्र हुने प्रष्ट पारेका छन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँले सुरक्षाको ग्यारेन्टी पनि सो वार्ताको मूल विषय हुनेमा ट्रम्पले आश्वस्त तुल्याएका छन्।

ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र पोल्यान्डका नेताका साथमा युरोपेली युनियनकी उरुस्ला भान डेर लियन र नाटो प्रमुख मार्क रुइटसँग वार्ता गरेका हुन्। ट्रम्पले शुक्रबार अलास्कामा हुने वार्तामा ध्यान दिनुपर्ने विषयमा छलफल गर्न उनीहरूले अन्तिम पहल गरेका हुन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

यसअघि बुधबार नै ट्रम्पले पुटिनले युद्ध अन्त्यमा चासो नदेखाएका धेरै खराब अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन्। ट्रम्पले शुक्रबार हुने बैठक सही दिशामा गए तत्कालै जेलेन्स्कीको उपस्थितिमा अर्को बैठक राख्ने बताए।

जर्मनीका चान्सलर फ्रेडरिक मर्ज युद्ध अन्त्यका लागि अन्तिम वार्तामा जेलेन्स्कीको उपस्थिति आवश्यक भएको बताउँदै रुसले अटेर गरेमा अमेरिका र युरोपेली देश मिलेर थप दबाब दिनु आवस्यक भएकोमा जोड दिन्छन्।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ६ : २७ बजे

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको