एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज « Khabarhub

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विरुद्धमा दर्ता गरेको रिट खारेज गरेको छ।

गणेश थापाले एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङविरुद्धमा अदालतको अवहेलना भन्दै दर्ता गरेको रिटमा दाबी नपुग्ने भन्दै खारेज भएको हो।

थापाले एन्फाको साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको दाबी गर्दै १९ वैशाखमा रिट दायर गरेका थिए।

यसैगरी गौरवले २३ वैशाखमा साधारण सभामा सहभागिताको विषय तथा २ जेठमा अदालतको अवहेलना सम्बन्धमा एन्फा र अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

२६ वैशाखाका काभ्रेको धुलिखेलमा भएको साधारण सभामा अध्यक्ष थापाले फिफाको १० वर्षको प्रतिबन्धको समय सकिएका कारण प्रवेश पाउनुपर्ने आवाज उठाए पनि एन्फाले प्रक्रिया नपुगेको भन्दै उनीहरू दुवैलाई प्रवेश दिएको थिएन।

गणेश थापाको मुद्दाको फैसला चार असार र गौरव थापाको मुद्दा बुधबार खारेज भएको हो। यसअघि नै रमेश रायमाझीले ११ जेठमा एन्फालाई नै विपक्षी बनाएर दर्ता गराएको रिट र रबिन चन्दले दर्ता गरेको अर्को रिट पनि खारेज भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : २० बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण