जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल « Khabarhub

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन मंगलबार दिल्लीस्थित संविधान क्लबमा सार्वजनिक रूपमा रिसाएर एक व्यक्तिलाई धकेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो घटना त्यति बेला सुरु भयो जब एक व्यक्ति नायिका जयासँग सेल्फी खिच्न प्रयासरत थिए। भिडियोमा स्पष्ट देखिन्छ, जया बच्चनले उक्त व्यक्तिलाई धकेल्दै रिसपूर्ण स्वरमा सोधिन्, “के गर्दै हुनुहुन्छ तपाईं? यो के हो?”

यस घटनामा अभिनेत्री र मण्डीबाट बीजेपी सांसद कंगना रनौतले पनि प्रतिक्रिया दिइन्। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा उक्त भिडियोलाई शेयर गर्दै लेखिन्, “सबैभन्दा बिग्रेको र सुविधा सम्पन्न महिला। मानिसले उनको रिस/असमझदारी सहन्छन् किनभने उनी अमिताभ बच्चन जीकी श्रीमती हुन्।”

नायिका कंगनाले जया बच्चनको बारेमा बोलेको यो पहिलो पटक भने होइन। यी दुवै नायिका बीच टिका टिपणीको वार पहिला देखिने हुँदै आएको हो। कलाकारले मात्रै हैन धेरै दर्शकले पनि जया बच्चनको यस्तो व्यवहारबाट निराश भएका छन् र सामाजिक सञ्जालमा आफ्नो असन्तोष व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले लेखे, “यो त उनको दोहोरिएको व्यवहार हो, यस्तो व्यक्तिसँग सेल्फी खिच्न मान्छे किन पागल हुन्छन्?” अर्काले टिप्पणी गरे, “साँचिकै असभ्य व्यवहार!” तेस्रोले लेखे, “उनी सधैं केही न केही कारणले रिसाउँछिन् जस्तो लाग्छ, तर हामी उनलाई अभिनेता भएर सम्मान गर्छौं।”

यो घटनापछि सामाजिक सञ्जालमा विवाद र प्रतिक्रिया दुवै देखा परेको छ। जया बच्चनको व्यवहार र कंगनाको प्रतिक्रियाले राजनीतिक तथा मनोरञ्जन जगतमा व्यापक चर्चा बढाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : ३२ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे