एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला « Khabarhub

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा ल्याएको छ । कम्पनीले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

कम्पनीले म्युचुअल फण्ड बिक्रीका लागि असार ३ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

क्यापिटलले १ करोड ५० लाख इकाई योजना एनआईसी एशिया क्यापिटलले सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बिक्रीमा ल्याएको हो ।

सर्वसाधारणले कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा बिक्री नभएमा भदौ १२ गते सम्म बिक्री खुल्ला गरिने कम्पनीले जानाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १० : १५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको