सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश दिने  « Khabarhub

सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश दिने 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा ग्रोथ फण्ड योजनाले आर्थिक वर्ष २०८१÷८२ का लागि लाभांश दिने भएको छ । उक्त फण्डको व्यवस्थापनको बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले सो योजनाको इकाई धनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको हुन आउने १५.७९ प्रतिशत लाभांश दिने भएको छ । उक्त्त लाभांश कर सहित भएको कम्पनीले जनाएको छ । 

लाभांश सुरक्षित गर्नेका लागि कम्पनीले भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । भदौ ५ गतेसम्म कायम रहेको व्यक्तिले उक्त लाभांश पाउने छन् । 

उक्त फण्ड बन्दमुखी योजना अन्तरगत हो  । फण्डको आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ बराबरको छ । 

उक्त फण्ड सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २४ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट