कृष्णपुरमा छाउगोठ भत्काउने अभियान « Khabarhub

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर-१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । 

असार अन्तिम साता कृष्णपुर-१ स्थित निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो । 

नगरपालिकाको चेतावनी पछि पनि स्थानीयले छाउगोठ नभत्काएपछि पालिकाले वडा सदस्य बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सुरु गरेको हो ।

‘हामीले पटक पटक सम्झाई बुझाइ गर्दा पनि छाउगोठ भत्काउन मानेनन ।’ वडा सदस्य रत्ना देवी बोहराले भने,’स्थानीयले अटेरी गरेपछि स्थानीय क्लब, जनप्रतिनिधि र प्रहरीको सहयोगमा छाउगोठ भत्काउने अभियान नै चलाएका छौ ।’

उनका अनुसार मंगलबार र बुधवार उक्त स्थानमा ३६ छाउगोठ भत्काइएको छ । वडा कार्यालयले गत वर्षदेखि नै छाउगोठ भत्काउने अभियान सञ्चालन गरेपनि स्थानीयको अवरोधले अभियान बिचमै रोकिएको थियो । छाउगोठमा सर्पले टोकेर महिलाको मृत्युको घटनापछि जिल्ला प्रशासन कार्यालयले समेत कुरिती हटाउन सबै पालिकालाई निर्देशन दिएको थियो । 

कृष्णपुर –१ का वडा अध्यक्ष मोहन बस्नेतले हरेक दिन दिउँसो १ बजेदेखी वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन हुने गरेको बताए। 

‘हामी यो कुरिति हटाउने अभियानमा लागेका छौ यहाँका बाल क्लब,स्थानीय र स्वयंसेवकले पनि सहयोग गरेका छन ।’ उनले भने ‘पालिकाले पनि छाउगोठ नभत्काउनेको सेवा सुविधा रोक्ने तयारी गरेको छ ।’ 
 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २६ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने