सानिमा लार्ज क्याप फण्डले २१ प्रतिशत लाभांश दिने  « Khabarhub

सानिमा लार्ज क्याप फण्डले २१ प्रतिशत लाभांश दिने 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा लार्ज क्याप फण्डले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाई धनीलाई लाभांश दिने भएको छ । 

सानिमा लार्ज क्याप फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिले साउन २८ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डले ८१ साल भदौ २१ गते पत्र पठाउँदै रोक्का गरेको नगद प्रतिफल सहित लाभांश दिने भएको छ । 

फण्डले २५ करोड २६ लाख ३१ हजार ५७८ रुपैयाँ बराबरको २१.०५ प्रतिशत लाभांश दिने भएको छ । 

प्रतिफल वितरण प्रयोजनका लागि भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । भदौ ५ गतेसम्म कायम हरेका इकाई धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउनेछन् । 

उक्त फण्ड सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालन रहेको छ । फण्डमा सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक डिपोजिटरी रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २६ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट