नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशतले बढ्यो  « Khabarhub

नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशतले बढ्यो 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंककले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १३ हजार १७५.८९ प्रतिशतले बढेको छ । 

गत वर्ष बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ करोड ८४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

बैंकको ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.८२ प्रतिशतले बढी हो । 

बैंकको खराब कर्जा गत वर्ष ४.४७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २५.४८ प्रतिशतले बढेर २५.६८ रुपैयाँ पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ पुगेको छ । 

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ । 

बैंकले गत वर्ष ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत वर्ष २ खर्ब  २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : ४६ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण