महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो « Khabarhub

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीमा यस वर्ष ढिलो गरी धान रोपाइँ सुरु भए पनि किसानले धमाधम रोपाइँ गरेपछि अहिले जिल्लाको ७० प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।
    
साउनको दोस्रो साता (साउन १५) बितिसक्दा पनि जिल्लामा पानी नपर्दा रोपाइँ सुरु नभई खडेरीको अवस्था सिर्जना भइसकेको अवस्थामा एक्कासि ३-४ दिनसम्म लगातार पानी परेपछि किसानले रोपाइँ सुरु गरेकामा अहिले जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए । 

जिल्लामा लामो समयसम्म पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानहरू चिन्तित भइरहेको अवस्थामा प्रधानमन्त्री केपीशर्मा ओलीले गत साउन ९ गते जिल्लाको मटिहानी नगरपालिकामा पुल उद्‌घाटन र प्रसूति गृह उद्‌घाटन गर्न आएका बेला यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा र तत्काल ५०० डीप बोर्डिङ्ग जडानका लागि सम्बन्धित निकायलाई आदेश दिएर गएका थिए ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको खडेरीको अवस्थालाई हेलिकप्टरबाट निरीक्षणसमेत गरेर गएको एक सातापछि नै जिल्लामा पानी पर्न सुरु भएको थियो भने त्यसपछि यहाँका किसानले ढिलै भए पनि रोपाइँ सुरु गरेका थिए ।
    
दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यस वर्ष ४० हजार हेक्टर जग्गामा धानखेती हुने अनुमान गरिएको छ । 
    
कृषि ज्ञान केन्द्रका प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानहरूले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युबेलको सहयोगमा यसअघि धेरैथोरै रोपाइँ गरे पनि जिल्लाभरि साउन १५ पछि पानी पर्दा मात्रै रोपाइँ भएको थियो ।
    
कार्यालय प्रमुख रायले साउन १५ गतेसम्म पनि जिल्लामा पानी नपर्दा किसानले खेतमा लगाएको धानका बेर्ना बुढो भइसकेको अवस्थामा एक्कासी जिल्लामा ३औ४ दिनसम्म परेको पानीले यहाँका किसानहरूका लागि वरदान सावित भएको थियो र किसानले धमाधम रोपाइँ गरेर अहिले ७० प्रतिशत जग्गामा धानबाली लगाइसकेको बताए। जिल्लाका विभिन्न पालिकाका विभिन्न गाउँ टोलमा अझै पनि धान रोपाइँ जारी रहेकाले यो प्रतिशत अझै बढेर जाने कार्यालय उनले बताए।

उनले  यहाँका किसानहरूले भदैया, हर्दिनाथ, मुसलिम, कतरनी, बासमती जातका धानले खेत रोपाइँ गरेको बताए । गत वर्ष समयमा पानी पर्दा जिल्लाको कुल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समयमा पानी नपर्दा धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : ०१ बजे

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा