प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट « Khabarhub

प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् ।

तेस्रो कार्यकालका लागि २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओली २०८१ मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।

त्यसको ठ्याक्कै नौ महिनापछि यही भदौ १४ गते ओली चीनतर्फ उड्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले संघाई कोअपरेशन अर्गानाइजेशन (एससीओ) को सम्मेलनमा भाग लिन ओली चीन जाने भएका बताए ।

उनका अनुसार ओली भदौ १४ मा चीन गएर भदौ १८ गते फर्किने कार्यक्रम छ ।

एससीओको सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले भदौ १६ गते तियान्चिन सहरमा उद्घाटन गर्दैछन् ।

उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जाने पक्का भइसकेको छ । प्रधानमन्त्री मोदी सन् २०१८ मा भएको गलवान झडपपछि पहिलो पटक चीन यात्रामा जाँदैछन् ।

ओलीका लागि चीनमै भारतीय समकक्षी र चिनियाँ राष्ट्रपति दुवैलाई भेट्ने गतिलो अवसर एससीओको सम्मेलन बन्नेछ । उक्त सम्मेलनमा रसियासहित अन्य २० भन्दा धेरै देशका राष्ट्र र सरकार प्रमुख सामेल हुँदैछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ट्यारिफको तनाव दिइरहेका बेला यो सम्मेलन हुन लागेको हो । खासगरी ब्रिक्स देशहरू अमेरिकाविरुद्ध एकजुट भएकाले बेला चीनमा हुन एससीओ सम्मेलनलाई अर्थपूर्ण मानिएको छ । सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन आउने-नआउने टुंगो भइसकेको छैन ।

ओलीका लागि दुई ठूला छिमेकीको नेतृत्वलाई एकै मञ्चमा भेट्ने अवसर जुरेको छ । उक्त सम्मेलनमा भाग लिएर भदौ १८ मा फर्किएपछि ओली भारत जाने छन् ।

प्रधानमन्त्री भएयता ओलीले भारतको औपचारिक भ्रमण गर्न पाएका छैनन् । नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको कुरामा असन्तुष्ट भारतले बल्ल ‌ओलीलाई ग्रिन सिग्नल दिएको हो ।

प्रधानमन्त्रीलाई निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री यही भदौ १ गते काठमाडौं आउँदै छन्। उनले त्यसक्रममा ओलीलाई निम्तोसँगै भ्रमणका एजेन्डा पनि तय गरेर फर्किनेछन् । ओलीले प्रधानमन्त्री भएको १५ महिनापछि भारत जानुअघि दुई पटक चीन यात्रा पूरा गरिसकेका हुने छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : १४ बजे

के मेसीले जित्लान गोल्डेन बुट ?

काठमाडौँ – जारी विश्वकपमा लियोनेल मेसी कुल २१ गोल गर्दै

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार