रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरण छानबनिका लागि राख्दै आएको माग सरकारले पूरा नगरेको भन्दै दुबै दलले बैठक बहिष्कार गरेका हुन् । 

बिहीबारको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो आसनबाट उभिएर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा। चन्दा कार्कीलाई समय उपलब्ध गराएका थिए । 

उनीपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई समय पाएका थिए । संसद् सम्बोधनका क्रममा दुबै सांसदहरूले आन्दोलन जारी रहेको भन्दै बैठक बहिष्कारको घोषणा गरेका छन् ।  

रास्वपा र राप्रपाले बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका थिए । उनीहरू गत जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभा बैठकमा आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : २६ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान