नगदेशमा १२ वर्षपछि भैलः प्याखँ प्रदर्शन « Khabarhub

नगदेशमा १२ वर्षपछि भैलः प्याखँ प्रदर्शन


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि तान्त्रिक शक्ति रहेको भैलः प्याखँ (भैरव नाच) प्रदर्शन भइरहेको छ ।

गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुने गर्दछ । 

भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जना ज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी करिब एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेको नगदेशको भैलः प्याखँ गुरु कृष्णभक्त घजुले जानकारी दिए । 

परापूर्वकालदेखि नै नगदेशमा भैलः प्याखँ सञ्चालन हुँदै आएको उनले बताए ।

श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिन्छ । चार रातसम्म भैरवका विभिन्न देवगणहरूलाई तान्त्रिक शक्ति प्राप्त गरी नाच प्रदर्शन गरिन्छ । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ३९ बजे

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी