झुटो विज्ञापनमा काठमाडौं महानगरको चासो, कारबाहीको चेतावनी « Khabarhub

झुटो विज्ञापनमा काठमाडौं महानगरको चासो, कारबाहीको चेतावनी


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले भ्रामक विज्ञापन र अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । जुत्ता, लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुको बिक्रीमा भ्रामक विज्ञापन, कुटो प्रचार र ब्रान्डको दुरुपयोग भइरहेको गुनासो आएपछि महानगरपालिकाले यस्तो ध्यानाकर्षण गराएको जनाएको छ । 

महानगरले एक सार्वजनिक सूचना जारी गर्दै कुनै पनि उद्योग वा व्यवसायले वितरक तथा उपभोक्तालाई उत्पादनको गलत विवरण दिन नपाइने बताएको छ । 

‘उत्पादनमा प्रयोग भएका सामग्रीको नाम, उत्पादन मिति, म्याद सकिने अवधि जस्ता आधारभूत जानकारी स्पष्ट राख्नुपर्छ’, महानगरले सूचनामा भनेको छ । विदेशी उत्पादन भन्दै स्वदेशी वस्तु बेच्ने, म्याद सकिएको वा स्वास्थ्यमा असर पार्ने सामग्री बेच्ने र अरूको ट्रेडमार्क वा ब्रान्डको नक्कल गर्नेजस्ता कार्यहरू रोक्न महानगरले आग्रह गरेको छ ।

यदि कसैले यस्तो कार्य गरेको प्रमाणित भएमा महानगरपालिकाले त्यस्ता सामान नष्ट गर्ने, व्यवसायीलाई जरिवाना गराउने, व्यवसाय बन्द गराउनेसम्मको कारबाही गर्ने सूचनामा महानगरले भनेको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार झुटो र भ्रमपूर्ण विवरण दिएमा १ लाख रुपैयाँसम्म जरिवाना, १ वर्षसम्म कैद वा दुवै सजाय हुने महानगरले भनेको छ । यस्तै, नक्कली सामान बेच्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको महानगरले बताएको छ ।

महानगरपालिकाले सबै उद्यमी र व्यवसायीलाई व्यापारिक आचरण पालना गर्न र उपभोक्तालाई यस्ता भ्रामक सूचनाको पछाडि नलाग्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  २ : ५८ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी