झुटो विज्ञापनमा काठमाडौं महानगरको चासो, कारबाहीको चेतावनी « Khabarhub

झुटो विज्ञापनमा काठमाडौं महानगरको चासो, कारबाहीको चेतावनी


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले भ्रामक विज्ञापन र अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । जुत्ता, लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुको बिक्रीमा भ्रामक विज्ञापन, कुटो प्रचार र ब्रान्डको दुरुपयोग भइरहेको गुनासो आएपछि महानगरपालिकाले यस्तो ध्यानाकर्षण गराएको जनाएको छ । 

महानगरले एक सार्वजनिक सूचना जारी गर्दै कुनै पनि उद्योग वा व्यवसायले वितरक तथा उपभोक्तालाई उत्पादनको गलत विवरण दिन नपाइने बताएको छ । 

‘उत्पादनमा प्रयोग भएका सामग्रीको नाम, उत्पादन मिति, म्याद सकिने अवधि जस्ता आधारभूत जानकारी स्पष्ट राख्नुपर्छ’, महानगरले सूचनामा भनेको छ । विदेशी उत्पादन भन्दै स्वदेशी वस्तु बेच्ने, म्याद सकिएको वा स्वास्थ्यमा असर पार्ने सामग्री बेच्ने र अरूको ट्रेडमार्क वा ब्रान्डको नक्कल गर्नेजस्ता कार्यहरू रोक्न महानगरले आग्रह गरेको छ ।

यदि कसैले यस्तो कार्य गरेको प्रमाणित भएमा महानगरपालिकाले त्यस्ता सामान नष्ट गर्ने, व्यवसायीलाई जरिवाना गराउने, व्यवसाय बन्द गराउनेसम्मको कारबाही गर्ने सूचनामा महानगरले भनेको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार झुटो र भ्रमपूर्ण विवरण दिएमा १ लाख रुपैयाँसम्म जरिवाना, १ वर्षसम्म कैद वा दुवै सजाय हुने महानगरले भनेको छ । यस्तै, नक्कली सामान बेच्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको महानगरले बताएको छ ।

महानगरपालिकाले सबै उद्यमी र व्यवसायीलाई व्यापारिक आचरण पालना गर्न र उपभोक्तालाई यस्ता भ्रामक सूचनाको पछाडि नलाग्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ५८ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ