संसद्‍मा कृषिमन्त्रीको जवाफ- मल खरिद गर्न पर्याप्त बजेट नै छैन « Khabarhub

संसद्‍मा कृषिमन्त्रीको जवाफ- मल खरिद गर्न पर्याप्त बजेट नै छैन


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरी मल ल्याउन कठिन भएको बताए । उनले अहिले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए  ।

हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए  ।

मन्त्री अधिकारीले आफू मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको जिकिर गरे । 

उनले मलको आपूर्ति तथा वितरण कार्यलाई सहज बनाउन कानुनी तथा प्रक्रियागत कार्यलाई सहज बनाइएको र समयमा नै मल ल्याउन सार्वजनिक खरिद नियमावलीमा उचित व्यवस्था गरिएको धारणा राखे । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : १७ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका