बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल  | Khabarhub Khabarhub

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्ने माग गरेका हुन् । 

संविधान संशोधनका क्रममा हाल लुम्बिनीमा रहेका तराईका दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने सांसद ढकालको भनाइ छ । उनी एमालेका तर्फबाट बाँके–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

‘संविधान संशोधनको विषय उठिरहेको छ,’ सांसद ढकालले भने, ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने, कर्णाली प्रदेशलाई बाँके र बर्दियामा समावेश गर्नको निम्ति म सभामुखमार्फत सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ५४ बजे

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर

जलाशय सफा गर्न विद्युत उत्पादन बन्द

दोलखा– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१