पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत « Khabarhub

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित पर्यटन विभागका एकजना निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार यादवले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको सेवाअवधिमा वैधानिक स्रोतबाट प्राप्त आयभन्दा बढी खर्च र लगानी गरेको पाइएको छ।

उक्त अवधिमा यादव र उनका परिवारको नाममा कुल २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आय देखिएको छ । तर खर्च र लगानी ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा पुगेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

उनले कमाएको सम्पत्तिमध्ये करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएकाले उक्त रकम बराबरको बिगो कायम गरेर मुद्दा चलाइएको आयोगले जनाएको छ।

यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र गैरकानूनी सम्पत्ति जफतको माग दाबी गरिएको छ।

यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको केही सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको प्रमाण फेला परेको पनि आयोगले जनाएको छ। आशा कुमारीको नाममा रहेको उक्त सम्पत्ति पनि जफतका लागि पनि अख्तियारले पति-पत्नी दुवैलाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ५८ बजे

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण