पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल « Khabarhub

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति कम गर्न पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

नेपाल इञ्जिनीयरिङ काउन्सिलले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘इञ्जिनीयरिङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन-अनुसन्धान जरुरी रहेको बताए। उनले पूर्वाधार निर्माण पूर्व विस्तृत रूपमा योजनाबद्ध अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए । 

नेपालको भू–धरातलिय विशिष्‍टता सुहाउँदो विकास ढाँचा आवश्यक रहेको बताउँदै मन्त्री दाहालले नेपालको भौगोलिक चुनौती खेप्नसक्ने प्रविधिबारे अध्ययन गर्न सरोकार भएका सबैलाई आग्रह गरे । 

‘आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार छ, ठूला राजमार्गको विकास र विस्तार, आधुनिक सुरुङमार्गको निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडकलगायत संरचना निर्माणमा नेपाली इञ्जिनीयरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’, मन्त्री दाहालले भने। 

उनले नेपाली इन्जिनियरहरूको शिक्षा र क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे । 

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पु¥याउन इञ्जिनीयरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने धारणा राख्दै उहाँले नेपालमा उत्पादित जनशक्तिबाट पूर्वाधार क्षेत्रलाई आधुनिक र दिगो बनाउन सकिने बताए। उनले नेपाली इन्जिनियरहरूको वृत्तिविकास र योगदानलाई महत्त्वका साथ हेरिएको उल्लेख गरे।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इञ्जिनीयर र इञ्जिनीयरङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदानबिना आधुनिक विकास सम्भव नहुने बताए। कार्यक्रममा इञ्जिनीयरङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञसहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : २५ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई