नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : महामन्त्री थापा « Khabarhub

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : महामन्त्री थापा


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताएका छन् । 

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा महामन्त्री थापाले गलत र मिथ्या सूचना र डिजिटल मञ्चहरुको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित गर्नेमा ध्यान दिने बताए। 

‘जिम्मेवार र बुझ्न सक्ने जमात तयार गर्‍यौँ भने राम्रो समाज बन्छ, हामी नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ, आजको कार्यक्रमले हामी सबैलाई प्रेरित गरेको छ, डिजिटल माध्यमको सदुपयोगका विषयमा हुने यस्ता गहन छलफलले तल्लो तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने जमात तयार हुनेछ’, उनले भने। उनले जबसम्म नागरिकले कुन सूचना कसले मलाई किन दियो भन्ने छुट्याउन सक्दैनन्, तबसम्म समस्या आइरहने बताए। 

संविधानसभा सदस्य एवं विभागका सदस्य दीपकप्रसाद कुइँकेलले डिजिटल माध्यम मानिसको जीवन पद्धतिसँग जोडिएको भन्दै यसको प्रयोगमा सचेत र सजग हुनुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ७ : ३० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई