ताप्लेजुङ गोल्डकप : सहलेश युवाक्लब सिरहा फाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : सहलेश युवाक्लब सिरहा फाइनलमा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– सहलेश युवाक्लब सिरहा ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आज भएको सेमिफाइनलको अन्तिम खेलमा सहलेशले रेडस्टार फुटबल क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो । सिरहाका लागि दुवै गोल युसुफ मल्लिकले गरेका थिए । उनले खेलको १३औँ र ४८औँ मिनेटमा गोल गरेका थिए ।
 
शनिबार फाइनल खेलमा सिरहाले चर्च ब्वाइज क्लब ललितपुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा ‘द योङ ब्रदर्श क्लब इटहरी, सुनसरी’लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
 
लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् ।

विजेताले सात लाख दुई हजार ८२ तथा उपविजेताले तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सागर मादेनले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : ५७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले