आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १४ तारिख। सोह्र श्रद्धको अष्टमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। दीर्घकालसम्म रहने खालका योजना बन्नेछन्। स्वदेशमा धेरै विकल्प भेटिनेछन्। शत्रुमाथि विजय प्राप्त हुनेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा उल्लेखनीय नाफा हुनेछ।

वृष : दिन राम्रो छ। लगानीका स्रोतहरु सबल छन्। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वदेशमै रोजगारीको विकल्प प्राप्त हुनेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा दिन सबल छ। सामाजिक क्षेत्रमा भने सेवाका अवसर गुम्नेछन्। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। आज व्यापार व्यवसायमा फाइदा हुनेछ। राजनीतिमा पदोन्नती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक रोजगारमा प्रयास गरेको भए सफलता मिल्नेछ। आज पश्चिमको यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछन्। शत्रु पराजित हुनेछन्। बौद्धिक क्षेत्रमा भएका व्यक्तिसँगको परामर्शले आफ्ना योजना बन्नेछन्। गोप्य योजना बनाएर गरेको कामबाट फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ। आज नयाँ कामको थालनी नगर्नुहोला। समाजसेवा र राजनीतिमा शुभ संकेत देखिएका छन्। तर अनावश्यक यात्रा हुँदा समय र खर्च सकिनेछ। परिवारको साथ लिएर अघि बढ्नु लाभदायी हुनेछ।

तुला : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा पनि सुधारका संकेत देखिनेछन्। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा बढुवा हुने दिन छ। राजनीतिक क्षेत्रमा पनि लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा उत्साह बढ्नेछ।

धनु : दिन सामान्य छ। शनिको प्रभावले मनमा नराम्रा विचार आउनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्नेछ। परिवारको साथ मिलेर गरेको कामबाट भने लाभ मिल्नेछ।

मकर : दिन सामान्य छ। आज पूर्वको एकल यात्रामा ननिस्कनु उचित हुनेछ। शत्रु बढ्नेछन्। जग्गा जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। यात्रामा समय र सम्पत्ति खर्च हुने भएकाले अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। परिवारमा विवाद हुन सक्छ। थोरै बोलेर अघि बढ्नु लाभदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : दिन सामान्य छ। आज सहकार्यमा गरेका कामबाट केही हौसला मिल्नेछ। धार्मिक क्षेत्रमा अनास्था बढ्न सक्छ। आम्दानीका स्रोत बढ्ने छन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : ०३ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको