आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १४ तारिख। सोह्र श्रद्धको अष्टमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। दीर्घकालसम्म रहने खालका योजना बन्नेछन्। स्वदेशमा धेरै विकल्प भेटिनेछन्। शत्रुमाथि विजय प्राप्त हुनेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा उल्लेखनीय नाफा हुनेछ।

वृष : दिन राम्रो छ। लगानीका स्रोतहरु सबल छन्। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वदेशमै रोजगारीको विकल्प प्राप्त हुनेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा दिन सबल छ। सामाजिक क्षेत्रमा भने सेवाका अवसर गुम्नेछन्। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। आज व्यापार व्यवसायमा फाइदा हुनेछ। राजनीतिमा पदोन्नती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक रोजगारमा प्रयास गरेको भए सफलता मिल्नेछ। आज पश्चिमको यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछन्। शत्रु पराजित हुनेछन्। बौद्धिक क्षेत्रमा भएका व्यक्तिसँगको परामर्शले आफ्ना योजना बन्नेछन्। गोप्य योजना बनाएर गरेको कामबाट फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ। आज नयाँ कामको थालनी नगर्नुहोला। समाजसेवा र राजनीतिमा शुभ संकेत देखिएका छन्। तर अनावश्यक यात्रा हुँदा समय र खर्च सकिनेछ। परिवारको साथ लिएर अघि बढ्नु लाभदायी हुनेछ।

तुला : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा पनि सुधारका संकेत देखिनेछन्। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा बढुवा हुने दिन छ। राजनीतिक क्षेत्रमा पनि लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा उत्साह बढ्नेछ।

धनु : दिन सामान्य छ। शनिको प्रभावले मनमा नराम्रा विचार आउनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्नेछ। परिवारको साथ मिलेर गरेको कामबाट भने लाभ मिल्नेछ।

मकर : दिन सामान्य छ। आज पूर्वको एकल यात्रामा ननिस्कनु उचित हुनेछ। शत्रु बढ्नेछन्। जग्गा जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। यात्रामा समय र सम्पत्ति खर्च हुने भएकाले अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। परिवारमा विवाद हुन सक्छ। थोरै बोलेर अघि बढ्नु लाभदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : दिन सामान्य छ। आज सहकार्यमा गरेका कामबाट केही हौसला मिल्नेछ। धार्मिक क्षेत्रमा अनास्था बढ्न सक्छ। आम्दानीका स्रोत बढ्ने छन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : ०३ बजे

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल

विश्वकपः आज सुपर-८ का दुई प्रतिस्पर्धा, दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल

विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत