प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ « Khabarhub

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् ।

उनलाई पत्रकारको प्रश्न थियो– ‘सेप्टेम्बर १२ मा नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । यसबारेमा चीनको टिप्पणी के छ ?’

जवाफमा उनले भने– कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ।

उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् ।

‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ’, उनले भने, ‘चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ।’

यद्यपि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले अहिलेसम्म कुनै माध्यमबाट कार्कीलाई बधाई दिएको खुलेको छैन । उता दक्षिणी छिमेकी भारतले उत्साहित हुँदै कार्की प्रधानमन्त्री हुनेबित्तिकै बधाई दिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मणिपुर पुगेर कार्की प्रधानमन्त्री भएको खबरले आफूहरू उत्साहित भएको बताइसकेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवले शीतल निवासमै पुगेर कार्कीलाई बधाई दिएका छन् ।

उता पञ्जाबको धर्मशालामा रहेका दलाई लामाले समेत चीनले भन्दा पहिले कार्कीलाई बधाई दिएका छन् । सम्भवतः नेपालका कुनै प्रधानमन्त्रीलाई दलाई लामाको शुभकामना आएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १० : १५ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र