अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन « Khabarhub

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

गत हप्ताका दुःखद घटनापछि शान्ति पुनःस्थापना हुनु र समस्याको शान्तिपूर्ण समाधान हुनु सकारात्मक उपलब्धि भएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको राष्ट्रपतिसमेत रहेका रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानको प्रतिवद्धताप्रति सराहना गरेको छ ।

दूतावासले नेपाली सेनासँगै शान्ति बहालीमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रशंसा गरेको छ । उसले नागरिक सरकारको शान्तिपूर्ण संक्रमणमा महत्त्वपूर्ण भूमिकाको पनि प्रशंसा गरेको छ ।

नयाँ निर्वाचनको तयारी भइरहेका बेला अन्तरिम सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ३६ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण