जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय « Khabarhub

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई शहीद घोषणा र १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए ।

मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले भत्केका संरचनाहरू क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ११ : ४४ बजे

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार