जेन-जीको आन्दोलनमा षड्यन्त्र भयो, कडा छानबिन हुन्छ : प्रधानमन्त्री « Khabarhub

जेन-जीको आन्दोलनमा षड्यन्त्र भयो, कडा छानबिन हुन्छ : प्रधानमन्त्री


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गत सोमबार र मंगलबार जेन-जीले गरेको आन्दोलनमा षड्यन्त्र भएको बताएकी छन् ।

आइतबार काठमाडौँमा पदभार सम्हाल्दै उनले सरकारका सम्पूर्ण संरचना र कागजपत्र जलाइएको भन्दै यो षड्यन्त्रपूर्वक भएको बताएकी हुन् । उनले आन्दोलनमा घुसपैठ भएको संकेत गर्दै कडा छानबिन हुनुपर्ने बताएकी हुन् ।

‘हामी शून्यमा पुगेका छौँ । पुराना फाइलहरू सबै नष्ट भएका छन् अत्यावश्यक संरचना सबै नष्ट भएका छन्। अत्यन्तै महत्त्वपूर्ण सामान नष्ट भएका छन्’, उनले भनिन्, ‘मलाई यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको भए यो कसरी गर्न सक्छ ? यो घटना देशमा पहिलो चोटी भएको हो । अनुहार देखाउन नहुने गरी भएका छन्, यो एउटा षड्यन्त्र हो, यसको अनुसन्धान हुन बाँकी छ।’

उनले नेपाली भएर राज्यको लागि अति आवश्यक कागजात कसरी नोक्सान गरे होलान् गरे होलान् भनेर प्रश्न गरेकी छन् ।

राज्यको लागि अति आवश्यक सरकारी कार्यालयलाई छानीछानी आक्रमण गरेको भन्दै यो षडयन्त्र भएको उनले बताइन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १२ बजे

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज– पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा