देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की « Khabarhub

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा पुगेको उल्लेख गरेकी छिन् । पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण भौतिकसँगै सम्पूर्ण विवरण नष्ट भएर देश शून्यमा पुगेको बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रा जति पनि रेकर्डहरू, प्रमाणहरू, सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई अर्को एउटा ठूलो समस्या भएको । भवनको भौतिक क्षतिले त केही हुँदोरहनेछ, त्यो त बनाउन पनि सकिन्छ, तर ती रेकर्डहरू, ती जमानाका फाइलहरू, ती विवरणहरू सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ ।’

उनले कार्यकाल सफलताको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् । ‘सर्वविदितै छ, यहाँहरू सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डलको गठन हुनुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभरीमा ४० जनाजति युवायुवतीहरूले मृत्युवरण गर्नुपर्‍यो ।’ उनले भनिन् ।

उनले सुरक्षा निकाय, प्रहरी बिटहरू, अदालतलगायत सिंहदरबारसमेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गएको भन्दै देशको अवस्था शून्यमा रहेको बताइन् । उनले भनिन्, ‘सुरक्षा निकायहरूका संरचना मात्रै जलेन, हाम्रा सुरक्षाकर्मीहरूको पनि देहवसान भयो । देशभरिका सुरक्षाकर्मीलाई दिएको वहानहरू अब अर्को खरिद नगरी नहुने अवस्था छ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक