देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की « Khabarhub

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा पुगेको उल्लेख गरेकी छिन् । पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण भौतिकसँगै सम्पूर्ण विवरण नष्ट भएर देश शून्यमा पुगेको बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रा जति पनि रेकर्डहरू, प्रमाणहरू, सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई अर्को एउटा ठूलो समस्या भएको । भवनको भौतिक क्षतिले त केही हुँदोरहनेछ, त्यो त बनाउन पनि सकिन्छ, तर ती रेकर्डहरू, ती जमानाका फाइलहरू, ती विवरणहरू सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ ।’

उनले कार्यकाल सफलताको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् । ‘सर्वविदितै छ, यहाँहरू सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डलको गठन हुनुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभरीमा ४० जनाजति युवायुवतीहरूले मृत्युवरण गर्नुपर्‍यो ।’ उनले भनिन् ।

उनले सुरक्षा निकाय, प्रहरी बिटहरू, अदालतलगायत सिंहदरबारसमेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गएको भन्दै देशको अवस्था शून्यमा रहेको बताइन् । उनले भनिन्, ‘सुरक्षा निकायहरूका संरचना मात्रै जलेन, हाम्रा सुरक्षाकर्मीहरूको पनि देहवसान भयो । देशभरिका सुरक्षाकर्मीलाई दिएको वहानहरू अब अर्को खरिद नगरी नहुने अवस्था छ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार