दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक « Khabarhub

दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अभिषेक बच्चनको व्यक्तित्व अधिकारलाई सुरक्षित गर्न दिल्ली उच्च अदालतले एक महत्त्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ । 

यस आदेशअनुसार, विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई उनको नाम, तस्बिर, आवाज, संक्षिप्त नाम वा पहिचानसँग सम्बन्धित कुनै पनि विशेषता बिना अनुमति प्रयोग गरेर आर्थिक फाइदा लिन निषेध गरिएको छ । 

बलिउड अभिनेता अभिषेक बच्चनले  (सेप्टेम्बर १०) भद्र २५ गते  दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

उनले विभिन्न वेबसाइट र अनलाइन प्लेटफर्महरूले आफ्नो नाम, तस्बिर, आवाज, हस्ताक्षर, संक्षिप्त नाम, स्वरूप जस्ता विशेषता बिना अनुमति आर्थिक फाइदाका लागि दुरुपयोग गरेको आरोप लगाएका थिए ।

उनको तस्बिर, नाम र आवाज प्रयोग गरी सामान (जस्तै पोस्टर, टी-शर्ट, मग, वलपेपर आदि) बेचिएको दाबी छ। अनलाइनमा एआई प्रयोग गरेर बनेका सामग्री, डिपफेक, फेस–मर्फिङ, यहाँसम्म कि अश्लील वा अनुपयुक्त भिडियो/तस्बिर समेत प्रसारित भएको दाबी गरेका थिए ।

न्यायाधीशले बच्चनले प्रस्तुत गरेको प्राथमिक दृष्टान्तलाई स्वीकार गर्दै एकतर्फी अन्तरिम आदेश  जारी गरेको हो। अदालतले अभिषेक बच्चनको नाम वा व्यक्तित्व विशेषताहरूको अनधिकृत प्रयोगले उपभोक्तामा भ्रम सिर्जना गर्ने र बच्चनले वस्तु वा सेवा समर्थन गरेको गलत बुझाइ फैलाउने ठहर गरेको छ ।

अदालतले प्रतिवादीहरूलाई कुनै पनि माध्यम, प्रविधि वा ढाँचाबाट बच्चनको सार्वजनिक छविमा ह्रास ल्याउने सामग्री वा उत्पादन प्रचार-प्रसार नगर्न पनि आदेश दिएको छ । 

यस आदेशसँगै अभिषेक बच्चन बलिउडका ती कलाकारमध्ये परेका छन्, जसले आफ्नो नाम, छवि र व्यक्तित्व अधिकारको कानुनी संरक्षणलाई मजबुत बनाउन सफल भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : २९ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना