दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक « Khabarhub

दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अभिषेक बच्चनको व्यक्तित्व अधिकारलाई सुरक्षित गर्न दिल्ली उच्च अदालतले एक महत्त्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ । 

यस आदेशअनुसार, विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई उनको नाम, तस्बिर, आवाज, संक्षिप्त नाम वा पहिचानसँग सम्बन्धित कुनै पनि विशेषता बिना अनुमति प्रयोग गरेर आर्थिक फाइदा लिन निषेध गरिएको छ । 

बलिउड अभिनेता अभिषेक बच्चनले  (सेप्टेम्बर १०) भद्र २५ गते  दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

उनले विभिन्न वेबसाइट र अनलाइन प्लेटफर्महरूले आफ्नो नाम, तस्बिर, आवाज, हस्ताक्षर, संक्षिप्त नाम, स्वरूप जस्ता विशेषता बिना अनुमति आर्थिक फाइदाका लागि दुरुपयोग गरेको आरोप लगाएका थिए ।

उनको तस्बिर, नाम र आवाज प्रयोग गरी सामान (जस्तै पोस्टर, टी-शर्ट, मग, वलपेपर आदि) बेचिएको दाबी छ। अनलाइनमा एआई प्रयोग गरेर बनेका सामग्री, डिपफेक, फेस–मर्फिङ, यहाँसम्म कि अश्लील वा अनुपयुक्त भिडियो/तस्बिर समेत प्रसारित भएको दाबी गरेका थिए ।

न्यायाधीशले बच्चनले प्रस्तुत गरेको प्राथमिक दृष्टान्तलाई स्वीकार गर्दै एकतर्फी अन्तरिम आदेश  जारी गरेको हो। अदालतले अभिषेक बच्चनको नाम वा व्यक्तित्व विशेषताहरूको अनधिकृत प्रयोगले उपभोक्तामा भ्रम सिर्जना गर्ने र बच्चनले वस्तु वा सेवा समर्थन गरेको गलत बुझाइ फैलाउने ठहर गरेको छ ।

अदालतले प्रतिवादीहरूलाई कुनै पनि माध्यम, प्रविधि वा ढाँचाबाट बच्चनको सार्वजनिक छविमा ह्रास ल्याउने सामग्री वा उत्पादन प्रचार-प्रसार नगर्न पनि आदेश दिएको छ । 

यस आदेशसँगै अभिषेक बच्चन बलिउडका ती कलाकारमध्ये परेका छन्, जसले आफ्नो नाम, छवि र व्यक्तित्व अधिकारको कानुनी संरक्षणलाई मजबुत बनाउन सफल भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : २९ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने