मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु « Khabarhub

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताइपेई– व्यापार, राष्ट्रिय सुरक्षा र सामाजिक सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुई वटा अनुसन्धान सुरु गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो ।

यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्सलाई लक्षित गर्नेछ । यी चिपहरू प्रायः टेक्सास इन्स्ट्रुमेन्ट्स र अन सेमीकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूले उत्पादन गर्छन् ।

मन्त्रालयले यससँगै चीनको चिप उद्योगविरुद्ध अमेरिकी कदमहरू भेदभावपूर्ण भएको भन्दै छुट्टै भेदभाव विरोधी जाँच पनि घोषणा गरेको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबारदेखि बुधबारबीच मेड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।

चीनको दाबीअनुसार, अमेरिकी निर्यात प्रतिबन्ध र कर  जस्ता कदमहरूले ‘उन्नत कम्प्युटर चिप्स र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उच्च–प्रविधि उद्योगहरूको विकासलाई नियन्त्रण र दमन गर्ने रणनीति’ प्रदर्शन गर्छन् ।

यो घोषणा अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ मा थपेको भोलिपल्ट आएको हो । 

सूचीमा परेका कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोपमा प्रतिबन्धको सामना गर्नुपर्नेछ ।

 तीमध्ये दुई कम्पनीलाई प्रमुख चिनियाँ चिप निर्माता एसएमआइसीका लागि चिप उत्पादन उपकरण उपलब्ध गराएको आरोप छ ।

मेड्रिडमा हुने बेसेन्ट–हे बैठक व्यापार तनाव न्यूनीकरण गर्ने, उच्च कर स्थगित गर्ने र पारस्परिक समझदारी बढाउने प्रयासका रूपमा आयोजित वार्ताको अर्को चरण हुनेछ ।

यसअघि दुवै पक्षबीच मे महिनामा जेनेभा, जुनमा लन्डन र जुलाईमा स्टकहोममा छलफल भएको थियो । ती वार्ताहरूले पारस्परिक करमा धेरै पटक ९०–९० दिनको अस्थायी विराम ल्याएका थिए, जसले पूर्ण व्यापार युद्ध रोक्न मद्दत गरेको हो ।

बेसेन्टले स्टकहोम वार्तालाई ‘धेरै परिणाममुखी’ भनेका थिए । उनले भने, ‘हामीले दुर्लभ खनिज तत्त्व, अर्धचालक (सेमीकन्डक्टर) वा औषधि जस्ता केही रणनीतिक उद्योगहरूसँग जोखिम कम गर्न आवश्यक छ । साथै, सम्बन्धलाई सन्तुलनमा ल्याउन हामीले संयुक्त रूपमा के गर्न सक्छौँ भन्ने विषयमा छलफल गरेका छौँ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएका थिए । 

वासिङ्टनले यो कदमलाई राष्ट्रिय सुरक्षासँग जोडे पनि चीनको भनाइमा यी प्रतिबन्धहरू यसको प्राविधिक वृद्धि रोक्न अमेरिकाले अपनाएको रणनीतिको हिस्सा हुन् । रासस
 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ०१ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने