जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने | Khabarhub Khabarhub

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई  देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । 

दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहने गरी समिति गठन गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । 

उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ । यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैँ परेको छ । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २५ बजे

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला