बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी « Khabarhub

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा धेरै सहभागी भएका छन् ।

दक्षिणपन्थी समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले बेलायतको युनियन ज्याक र इङ्ग्ल्याण्डको सेन्ट जर्ज क्रस झण्डा बोकेका थिए । कतिपयले इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ को पनि झण्डा बोकेको रोयटर्सले जनाएको छ ।

‘युनाइट द किङ्गडम’ नाम दिइएको प्रदर्शनमा आप्रवासनविरोधी नारा लगाइएको थियो । बेलायतमा बढ्दो आप्रवासनको विरोधमा प्रदर्शन आयोजना गरिएको बीबीसीले जनाएको छ ।

यसलाई आधुनिक बेलायतकै सबैभन्दा विशालमध्ये प्रदर्शन मानिएको छ । प्रदर्शनमा सहभागीहरुको सङ्ख्याबाट प्रहरी नै चकित भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनमा छिटफुट हिंसा हुँदा २६ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार २५ जनालाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनमा उत्तेजक व्यवहार गर्नेको पहिचान गरी आगामी दिनहरुमा पक्राउ गरिने प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले