मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री  « Khabarhub

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा छन् । 

शुक्रबारै प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार आएर पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी रहे पनि आन्तरिक समस्याका कारण उनले गर्न नसकेको थिइनन् । उनले आइतबार पदभार ग्रहण गरेकी छन् । 

‘आन्तरिक तयारी नपुगेका कारण हामीले शुक्रबार मन्त्री पठाउन सकेनौ । त्यसपछि हामीले विभिन्न व्यक्तिहरूको अध्ययन र अनुसन्धान गरेर केही लिस्टहरू तयार पारेका छौँ ।’ जेनजी अनिल बानियाले खबरहबलाई भने, ‘सम्भवतः आज बेलुकासम्ममा एक्सपर्ट रहेका तीन चार जना व्यक्तिहरू मन्त्री भएर जानुहुन्छ। जनताले जितेको दिन भएकाले जनताले मन जितेका व्यक्तिहरूलाई नै हामी मन्त्रालयमा पठाउनेछौँ।’ 

बानियाका अनुसार अहिले प्रधानमन्त्री कार्की र जेनजी युवाहरूको मन्त्री पठाउने भन्ने विषयमा छलफलमा छन् । 

बानिया हामी नेपाल अभियानका अभियन्ता समेत हुन् । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङका विश्वासीलाई पात्र रहेका बानिया सुशीला कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको शपथ खुवाएको दिन उनीसँगै देखिएका थिए । 

स्रोतहरूका अनुसार विद्युत् प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र पूर्व सैनिक लगायतलाई मन्त्रीमा पठाउने शुक्रबारको तयारी थियो । तर केही समय अध्ययन र छलफल गर्ने भन्दै रोकिएको थियो । 

अहिले अर्याल र गुरुङको मन्त्री बन्ने सम्भावना कम रहेको जेनजीहरु बताउँछन् । अर्याल प्रधानमन्त्री कार्कीको सल्लाहकार बन्ने चर्चा छ । 

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  २ : ०४ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा