मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री  « Khabarhub

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा छन् । 

शुक्रबारै प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार आएर पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी रहे पनि आन्तरिक समस्याका कारण उनले गर्न नसकेको थिइनन् । उनले आइतबार पदभार ग्रहण गरेकी छन् । 

‘आन्तरिक तयारी नपुगेका कारण हामीले शुक्रबार मन्त्री पठाउन सकेनौ । त्यसपछि हामीले विभिन्न व्यक्तिहरूको अध्ययन र अनुसन्धान गरेर केही लिस्टहरू तयार पारेका छौँ ।’ जेनजी अनिल बानियाले खबरहबलाई भने, ‘सम्भवतः आज बेलुकासम्ममा एक्सपर्ट रहेका तीन चार जना व्यक्तिहरू मन्त्री भएर जानुहुन्छ। जनताले जितेको दिन भएकाले जनताले मन जितेका व्यक्तिहरूलाई नै हामी मन्त्रालयमा पठाउनेछौँ।’ 

बानियाका अनुसार अहिले प्रधानमन्त्री कार्की र जेनजी युवाहरूको मन्त्री पठाउने भन्ने विषयमा छलफलमा छन् । 

बानिया हामी नेपाल अभियानका अभियन्ता समेत हुन् । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङका विश्वासीलाई पात्र रहेका बानिया सुशीला कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको शपथ खुवाएको दिन उनीसँगै देखिएका थिए । 

स्रोतहरूका अनुसार विद्युत् प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र पूर्व सैनिक लगायतलाई मन्त्रीमा पठाउने शुक्रबारको तयारी थियो । तर केही समय अध्ययन र छलफल गर्ने भन्दै रोकिएको थियो । 

अहिले अर्याल र गुरुङको मन्त्री बन्ने सम्भावना कम रहेको जेनजीहरु बताउँछन् । अर्याल प्रधानमन्त्री कार्कीको सल्लाहकार बन्ने चर्चा छ । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ०४ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र