कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌ « Khabarhub

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै जेन-जी प्रदर्शनका क्रममा लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्ड दिन माग गरेको छ ।

सङ्गठनले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक आन्दोलनका नाममा भएका यस प्रकारको विध्वंशको कडा रूपमा निन्दा गर्दै नवगठित सरकारलाई सत्य तथ्य छानबिन गरी दोषीलाई दण्डित गर्न माग राखेको हो ।

‘आन्दोलनको क्रममा मुलुकले अकल्पनिय क्षति व्यहोरेको छ । मुलुकभरका सरकारी संरचनाहरुलाई ध्वस्त पारिएको छ । निजी क्षेत्रका कयौँ उद्योग व्यवसाय तथा निजी आवासहरूमा लक्षित गरी लुटपाट, आगजनी तथा विध्वंस गरिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीको दूरदर्शी नेतृत्वमा मुलुकले विधिको शासन, शान्ति, सुशासन र समावेशी आर्थिक औद्योगिक विकासको दिशामा सार्थकता पाउने विश्वास पनि सङ्गठनले व्यक्त गरेको छ ।

सङ्गठनले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाएकाप्रति श्रद्धान्जलि अर्पण गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारजनप्रति समवेदना जनाएको छ ।

निजी क्षेत्र नेपालको आर्थिक रूपान्तरणको मेरुदण्ड भएकाले आर्थिक समृद्धिको यात्रामा जेन-जी आन्दोलनले देखाएको भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणको मार्गदर्शनलाई आत्मसात गर्दै युवाहरूको अपेक्षा अनुसार समावेशी, न्यायपूर्ण र दिगो आर्थिक प्रणाली निर्माण गर्नु सबैको साझा कर्तव्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ३३ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा