अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय « Khabarhub

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रूपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । कार्यालयमा सरसफाइ र व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ । 

‘अस्थायी कार्यालय स्थापना गरेर भेटघाट र नागरिकको अत्यावश्यक केही काम गर्न थालिएको छ’, उनले भने । उनले अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइसमेत गरिएको बताए । 

उपमहानगरपालिकामा स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए । 

भन्सार कार्यालय नेपालगञ्जले पनि औपचारिक रूपमा कार्यालयमा सञ्चालनमा ल्याएको जनाएको छ । 

भन्सार कार्यालय, नेपालगञ्जका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात निर्यात र जाँचपास सुरु भएको जानकारी दिए । 

उनले कार्यालयमा आगजनी र तोडफोड भएकाले प्रशासनिक र मुद्दामामिलाका काम सञ्चालन हुन अझै केही समय लाग्ने उल्लेख गरे । 

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले आजदेखि बन्दीप्रत्यक्षकरणको रिट निवेदनसम्बन्धी काम सुरु गर्ने जनाएको छ । 

त्यसका लागि बार, बेञ्च र सरकारी वकिलको कार्यालयसँग छलफल गरिएको थियो । जिल्ला अदालतले सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल गर्दैछ । 

यसअघि जिल्ला प्रशासन कार्यालय, बाँकेले न्यूनतम सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर कार्यालय प्रमुखसँग छलफलसमेत गरेको थियो । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह तत्काल सुरु गर्न अप्ठ्यारो स्थिति रहेको बताए । ‘आगजनी र तोडफोडले सबै खरानी भएको छ, कसरी काम गर्ने भन्ने विषयमा अन्यौल छ’, उनले भने ।

बाँकेमा निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका छन् । विद्यालयका दोस्रो चरणको परीक्षाका तयारीका लागि पनि विद्यालय सञ्चालनमा आएको विद्यालयले जनाएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यले स्थिति सहज भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरे । 

जेनजी प्रदर्शनका क्रममा बाँकेका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका कारण कार्यालयले सेवा प्रवाह गर्न सकेका छैनन् । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ३४ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश