काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी « Khabarhub

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । 

प्रहरीले सोमबार भएको जेन्जी आन्दोलनको कारण विभिन्न कारागारहरूबाट भागी फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी सुचना अधिकारी मिन बहादुर घलेका अनुसार यस कार्यालय तथा मातहत कार्यालयहरूबाट डिउटीमा खटिएको प्रहरी टोलीले डा एरिया अन्तर्गत विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ । 

घलेका अनुसार अनुसार कर्तव्य ज्यान मुद्दाका १२ जना, जबरजस्ती करणी मुद्दाका ९ जना, लागूऔषध कारोबारी ४ जना, चोरी गर्ने ४ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना, ओभर स्टेका एक जना, ठगी सम्बन्धी मुद्दाका २ जना र मानव बेचबिखन सम्बन्धी मुद्दाका १ जना गरी ३७ जना लाई पक्राउ गरिएको हो । 

उनीहरूलाई पक्राउ पश्चात् १८ जनालाई केन्द्रीय कारागार, १४ जनालाई डिल्लीबजार, ३ जनालाई नख्खु कारागार र  २ जनालाई सिन्धुली कारागार पठाइएको डीएसपी घलेले जानकारी दिए । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ५५ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा