काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी « Khabarhub

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । 

प्रहरीले सोमबार भएको जेन्जी आन्दोलनको कारण विभिन्न कारागारहरूबाट भागी फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी सुचना अधिकारी मिन बहादुर घलेका अनुसार यस कार्यालय तथा मातहत कार्यालयहरूबाट डिउटीमा खटिएको प्रहरी टोलीले डा एरिया अन्तर्गत विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ । 

घलेका अनुसार अनुसार कर्तव्य ज्यान मुद्दाका १२ जना, जबरजस्ती करणी मुद्दाका ९ जना, लागूऔषध कारोबारी ४ जना, चोरी गर्ने ४ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना, ओभर स्टेका एक जना, ठगी सम्बन्धी मुद्दाका २ जना र मानव बेचबिखन सम्बन्धी मुद्दाका १ जना गरी ३७ जना लाई पक्राउ गरिएको हो । 

उनीहरूलाई पक्राउ पश्चात् १८ जनालाई केन्द्रीय कारागार, १४ जनालाई डिल्लीबजार, ३ जनालाई नख्खु कारागार र  २ जनालाई सिन्धुली कारागार पठाइएको डीएसपी घलेले जानकारी दिए । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ५५ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल