परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू) « Khabarhub

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ ।  

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो । 

सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दिप्रत्यक्षीकरण रिट दर्ता लगायतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले तत्काल पूर्णरुपमा काम सुरु गर्ने परिस्थिति नरहे पनि क्रमशः कामकारबाही सुरु हुने बताए । 

स्थिति सहज भएपछि महिला, थुनुवा र राष्ट्रिय मुद्दाको सुनुवाइ सुरु गर्न सुझाव दिइएको उनले उल्लेख गरे ।  

त्यस्तै अदालत पुगेका अधिवक्ताहरूले अदालतमाथि आक्रमण हुनु दुखद भएको बताएका छन् । 

अधिवक्ता ताराप्रसाद अर्यालले आस्थाको धरोहरमा भएको आक्रमण जायज नभएको बताए । उनले बन्दिप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ सुरु भइसकेको उल्लेख गरे ।

त्यस्तै अधिवक्ता कमल कोइरालाले बन्दिप्रत्यक्षीकरण र तारिख दिने काम सुरु भएको र अन्य सेवा पनि बिस्तारै सेवा सुरु हुने विश्वास व्यक्त गरे ।

हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । 

आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्ताबेज जलेको सर्वोच्चले जनाएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ३ : ४२ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले