परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू) « Khabarhub

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ ।  

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो । 

सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दिप्रत्यक्षीकरण रिट दर्ता लगायतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले तत्काल पूर्णरुपमा काम सुरु गर्ने परिस्थिति नरहे पनि क्रमशः कामकारबाही सुरु हुने बताए । 

स्थिति सहज भएपछि महिला, थुनुवा र राष्ट्रिय मुद्दाको सुनुवाइ सुरु गर्न सुझाव दिइएको उनले उल्लेख गरे ।  

त्यस्तै अदालत पुगेका अधिवक्ताहरूले अदालतमाथि आक्रमण हुनु दुखद भएको बताएका छन् । 

अधिवक्ता ताराप्रसाद अर्यालले आस्थाको धरोहरमा भएको आक्रमण जायज नभएको बताए । उनले बन्दिप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ सुरु भइसकेको उल्लेख गरे ।

त्यस्तै अधिवक्ता कमल कोइरालाले बन्दिप्रत्यक्षीकरण र तारिख दिने काम सुरु भएको र अन्य सेवा पनि बिस्तारै सेवा सुरु हुने विश्वास व्यक्त गरे ।

हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । 

आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्ताबेज जलेको सर्वोच्चले जनाएको छ । 

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ३ : ४२ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा