डोल्पा र जुम्लाका भेडा च्याङ्ग्रा मुस्ताङमा झारिँदै « Khabarhub

डोल्पा र जुम्लाका भेडा च्याङ्ग्रा मुस्ताङमा झारिँदै


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडा च्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडा च्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्‍याएको यहाँ आइपुगेका व्यापारीहरूले बताएका छन् ।

यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडा च्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ ।

दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच/छ हुल र जुम्लाबाट तीन हुलजति भेडा च्याङ्ग्रा जोमसोममा देखा परेका छन् । यहाँ आइपुगेका व्यापारीले अरु व्यापारीले पनि एक दुई दिनभित्रै सबै भेडा च्याङ्ग्रा जोमसोम ल्याउने जनाएका छन् ।

डोल्पा र जुम्लाका भेडा च्याङ्ग्रा जोमसोम आइपुग्दा बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका व्यापारीले भेडा च्याङ्ग्रा जोमसोम ल्याएका छैनन् । यस वर्ष मुस्ताङबाट १२ हजार भेडा च्याङ्ग्रा जिल्ला बाहिर बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ ।

डोल्पास्थित काइके गाउँपालिकाका स्थानीय च्याङ्ग्रा व्यापारी भीमप्रसाद घर्तीले १७० भेडा च्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएको बताए । उनले डोल्पा र चाइनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडा च्याङ्ग्रा मुस्ताङ ल्याएको उल्लेख गरे । 

व्यापारी घर्तीले यसवर्ष चाइनाबाट तीन हजार र डोल्पाबाट एक हजार गरी अनुमानित चार हजार बढी भेडा च्याङ्ग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए । 

विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्याङ्ग्राको व्यापार गर्दै आइरहेका घर्ती यसवर्ष भेडा च्याङ्ग्रा बिक्री नहुने हो की भनी चिन्ता बढेको उल्लेख गरे । 

‘बेँसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु, त्यसो भए व्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजाँदै बिक्री नहुने पो हो कि थाहा छैन’, उनले भने ।

अहिलेसम्म च्याङ्ग्राको व्यापार गर्दा सन्तुष्ट रहेको भए पनि यसवर्ष च्याङ्ग्राको व्यापारमा डर लागिरहेको घर्तीले जनाए । चाइनाबाट खरिद गरी डोल्पामा राखेर त्यहाँबाट पैदल खेदाएर एक हप्तापछि जोमसोम आइपुगेको उनले बताए ।

यसैगरी, जुम्लाका च्याङ्ग्रा व्यापारी गोविन्द बस्नेतले १५० च्याङ्ग्रा बिक्रीका जोमसोम ल्याएको जानकारी दिए  । डोल्पाबाट हुलका हुल च्याङ्ग्रा मुस्ताङ ल्याइँदै गरेको र जुम्लाबाट पनि ६०० बढी भेडा च्याङ्ग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गरे । यस वर्ष जुम्लाबाट  हुल च्याङ्ग्रा जोमसोममा आइपुगेको उनले सुनाए ।

‘आधाजसो च्याङ्ग्रा आफैँले पालेका छन्, आधाजसो च्याङ्ग्रा किनेर थपेको हुँ’, व्यापारी बस्नेतले भने, ‘यहाँ ल्याउँदा दुई हप्ता लाग्यो, खर्च पनि ५०/६० हजार रुपैयाँ भइसक्यो ।’ व्यापारी बस्नेतले च्याङ्ग्राको भाउ पाए यही जोमसोममै बिक्री गर्ने र नभए पोखरा लगेर बिक्री गर्ने योजना रहेको बताए । 

जोमसोममा यतिखेर पाँच/सात हुल भेडा च्याङ्ग्रा झारिएको छ । यहाँ व्यापारीले रोज्जा प्रतिच्याङ्ग्राको भाउ ३५ हजार रुपैयाँ र रोज्जा प्रतिभेडाको भाउ ३० हजार रुपैयाँ मूल्यमा बिक्री गर्ने बताइरहेका छन् ।

जोमसोममा डोल्पा र जुम्लाबाट छिटफुट भेडा च्याङ्ग्रा झर्दै गर्दा बेंसीका भेडा च्याङ्ग्रा व्यापारीको रौनक जोमसोममा खासै देखिएको छैन । 

देशको पछिल्लो विद्यमान परिस्थितिका कारण च्याङ्ग्रा व्यापारी मुस्ताङ आउन ढिलो हुन पुगेको स्थानीयको बुझाइ छ ।  दसैँलक्षित भेडा च्याङ्ग्रा खरिद गर्न विगतका वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँलगायत व्यापारी मुस्ताङ आउने गर्थे । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : ०९ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व