जेन-जीका सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट, घुसपैठ भएको दाबी | Khabarhub Khabarhub

जेन-जीका सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट, घुसपैठ भएको दाबी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुधन गुरूङलाई जेन-जी युवा र पत्रकारहरूले रिपोर्टर्स नेपालको हलमै घेरेका छन् ।

करिब ७० जनाको ज्यान गएपछि पनि चाहेजति उपलब्धि हाँसिल गर्न नसकेको भन्दै युवाहरूले सुधनमाथि आक्रोश पोखेका हुन् ।

आइतबार रिपोर्टर्स क्लबमा पुगेका बेला उनले आन्दोलनका उपलब्धि सुनाउँदा झन्डै कुटाइ खानु परेको हो । उनलाई घेर्न केही युवा मञ्चसम्मै उक्लिए । जहाँ रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासहितले उनलाई जोगाउनु परेको छ ।

उनले आफूलाई विदेशीहरूको एजेन्ट भनेको भन्दै गुनासो पनि गरे । ‘कहिले बारबरा फाउन्डेशनको मान्छे भन्छ। कहिले फ्री टिब्बेटको भन्छ’, उनले गुनसो गर्दै भने, ‘अहिले पनि हाम्रो ज्याकेटमा रगत लागेको छ । हामी आन्दोलनको दिन बानेश्वर चोक चोकमै थियौँ । यत्रो आन्दोलन भएपछि उपलब्धि पनि भएको छ । तर आन्दोलनमा हिंसा मच्चाउने काम पार्टीका मान्छेहरूले गर्दा भएको हो । त्यहीबाट कुरा बिग्रिएको हो ।’

आफू नेपालको छोराको भएकोले भारतीय नभन्न पनि उनले चेतावनी दिए । ‘तपाईंको भारतीय फेक सुदन गुरुङ यही हो । फेक भारतीय सुदन गुरुङ है, म नेपालको छोरो हो । मलाई भारतीय नभन्नु होला’, उनले भने, ‘कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार गर्ने काम नगरिदिनु। म एउटामात्रै झण्डमुनि छु, त्यो मेरो देशको झण्डा हो । कहिले भारतीय भन्या छ, कहिले के भन्या छ, कहिले बारबरा फाउण्डेशन, कहिले फ्री–तिव्बत भन्छ। हो, मेरो आँखा त त्यस्तै छ ।’

उनले आफूहरूले भनेअनुसार नचले सरकार ढल्ने बताए । ‘जुनै सरकार आए पनि ढल्छ क्या । अब एक्लै भए पनि लड्छु, देशमा जबसम्म परिवर्तन हुन्न म लडिरहन्छु’, उनले भने ।

सुधनले यसो भनेपछि तल रहेका युवाहरूले ७३ वर्षकी सुशीला कार्कीलाई ल्याएर केही नहुने बताए । ‘७३ वर्षकी आमैलाई ल्याएर परिवर्तन हुन्छ ?’, उनलाई प्रश्न गरे ।

त्यसपछि उनले आगजनी आफूहरूले नगरेको बताए । ‘आगजनी हामीले गरेको होइन, बरू मैले अन्त्य गरेको हो । हामीले आन्दोलनको सुरूवात गरेको हो । अहिले अन्त्य गरिदिऊँ भनेको हो’, उनले भने ।

गुरुङले यति भनेपछि उनीमाथि आक्रमण नै गर्न युवाहरू तम्सिए । त्यसपछि क्लबका सभापति ऋषि धमला उनलाई जोगाउन आए । सुधनले पत्रकार सम्मेलनमा थर्काएको भन्दै युवाहरू आक्रोशित भएपछि ऋषिले सम्झाए ।

‘थर्काएको होइन’, सुधनले थपे । त्यसपछि ऋषि धमलाले भने, ‘नम्र भएर बोल्नुस् । बल्ल सुधनले यो आन्दोलनमा प्रेसको ठूलो भूमिका रहेको सुनाए ।

‘प्रेसको ठूलो भूमिका छ’, उनले फकाउँदै भने । तर तलबाट आक्रोशसहितक प्रश्नले उनी घेरिए । एकजनाले सोधे, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी कहिले र कसरी आउँछ ?’, उनलाई सोधिए । त्यससँगै उनलाई संसद् विघटन गरेर अर्को गल्ती गरेको भनियो । ‘६ महिनामा चुनाव भएन भने हामी फेरि आन्दोलन गर्छौँ । मैले मान्छे मारेको होइन, हामी अहिलेका नेतालाई बाहिर निस्किनै नदिने गरी संघर्ष गर्छौँ ।’

उनले संसद् विघटन गरिनुपर्ने पहिलो माग पूरा भएको बताए । तर, आफूहरुको आन्दोलन अझै जारी रहेको उनले बताए । ‘हाम्रो ओरिजिनल माग भएको छैन । आन्दोलन जारी छ। आन्दोलन म एक्लै लड्न सक्छु । जति फेक मिडिया आए पनि म लड्न सक्छु’, उनले भने ।

जेन–जी आन्दोलन सबै युथको आह्वानमा भएकाले त्यसमा सहभागी भएको उनले बताए । आफूहरूले देशमा परिवर्तनको लागि लडेको पनि उनले बताए ।

तर उनले पत्रकार सम्मेलन सकिएलगत्तै भृकुटीमण्ड परिसरमा पत्रकार र जेन-जीको समूहबीच कुटाकुट भएको छ ।

एकजना पत्रकारले ७३ वर्षकी महिलालाई प्रधानमन्त्री बनाइएको भन्दै आक्रोश पोखे। त्यसपछि सुदनले ८० वर्षमा यो परिवर्तन आएको भन्दै यसलाई ठूलो ठान्न भनेका थिए । तर त्यहाँ जेन-जीको समूह र पत्रकारहरूबीच हात हालाला भएको हो ।

भृकुटीमण्डमा जेन-जी र पत्रकार पक्षका समूहबीच कुटाकुट हुँदा सुदनलाई लुकाएर लैजानु परेको छ । उनलाई उनका समर्थकहरूले घेरेर सुरक्षा दिँदै निकालेका छन् । पत्रकारहरूले भने आफूहरूलाई थर्काएको भन्दै आक्रोश पोखेर घेरे ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : १९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार