व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग « Khabarhub

व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम राख्न माग गरेको छ । 

परिषद्का तर्फबाट अध्यक्ष तारानाथ पहारीले आइतबार सार्वजनिक अपिल जारी गर्दै आन्दोलनका नाममा हुने बन्द, हड्ताल, तोडफोड आगजनी जस्ता क्रियाकलापले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभावित हुने बताउँदै यस क्षेत्रमा व्यावसायिक सुरक्षाका लागि सम्बद्ध सबैसँग आग्रह गरेका हुन् ।

यही भदौ २३ र २४ गते जेनजीका नाममा भएको प्रदर्शनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी तथा लुटपाटका घटनाका सम्बन्धमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ । 

मुलुकमा विदेशी मुद्रा भित्राउने प्रमुख माध्यम पर्यटन उद्योगमाथि भएको प्रहारप्रति परिषद्ले खेद व्यक्त गरेको छ । 

कोभिड १९ पछि केही लयमा फर्कन लागेको पर्यटन व्यवसायलाई लक्षित गरी पर्यटन व्यवसायीका होटल, रेष्टुरेन्ट तथा पसलहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाट एवम् पर्यटकीय सवारी साधनहरूमाथि गरिएको तोडफोड तथा आगजनीप्रति परिषद्ले गहिरो दुःख व्यक्त गरेको छ । साथै यसबाट आहत भएका सम्पूर्ण उद्यमी, व्यवसायीहरू प्रति सहानुभूति प्रकट गरेको छ ।

परिषद्ले प्रदर्शनका नाममा भएका यस्ता अवाञ्छित क्रियाकलापहरूको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कानुनी कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । 

प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिषद्ले शोक सन्तप्त परिवारजनमा समवेदना एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : २५ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश