सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न « Khabarhub

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरी सम्पन्न गरेको हो ।

लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गरेका व्यावसायिक व्यक्तित्वहरूको लागि
सम्मान समर्पित गरिएको हो । 

कार्यक्रमको मुख्य अतिथि अस्ट्रेलियाको भिक्टोरियामा नेपालका वाणिज्यदूत निराजन गौलीको उपस्थिति थियो । उनले अवार्ड पाउनेलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गर्नको महत्वबारे प्रकाश पारे ।

‘यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइन, यो कार्यक्रम परिश्रमको उत्सव हो, युवा पुस्तालाई प्रेरित गर्दछ र अस्ट्रेलियामा नेपाली व्यावसायिक व्यक्तित्वहरूको योगदानको सम्मान सम्मान गर्ने बताए । 

उक्त अवार्ड कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताए ।  

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ५९ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी